आगालागीबाट १५ लाख बढिको क्षति

0
Shares

गणेश विष्ट, भोजपुर ।
भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिका वडा नम्बर ५ सानो दुङ्मामा मंगलबार भएको आगालागि बाट १५ लाख बढिको क्षेती भएको छ । मंगलबार दिँउसो भएको आगलागी बाट ३ घर जल्दा १५ लाख ७७ हजार ६ सय २० रुपैंया बराबरको क्षेती भएको हो । स्थानीय भद्र सिंह राईको भान्साको चुल्होबाट सल्कको आगोले मन कुमार राई र चीतामान राईको फुस र ढुङगा माटोले बनेका घजलेर नष्ट भएको छ ।

आगलागीमा परी घरमा रहेको अन्नपात लत्ताकपडा, काठपात, पैसा, सुन लागएतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

सबै भन्दा बढि मन कुमार राईको २ तोला सुन र ५० हजार नगद सहित १० लाख २४ हजार ५ सयको क्षेती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनु भयो । त्यस्तै भद्र सिंह राईको २ लाख ३६ हजार ५ सय २० र चीतामान राईको ३ लाख १६ हजार ६ सय बराबरको क्षेती भएको छ । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा दिइएको थियो ।