टैकंर चालकले ख्याल गर्नुस ! जागिर खाने भए मदीरा छाडनुस

0
Shares

यमलाल भुसाल, बुटवल, टैकंर चालकहरुले ख्याल गर्नुस कतै तपाई मदीरा सेवन गरि सवारी चलाउने गर्नु भएको छ भने तपाईको जागिरनै चट हुने अभियान पश्चिमाञ्च टैकंर व्यवसायी संघले शुरु गरेको छ ।

पश्चिमाञ्च टैकंर व्यवसायी संघले मदीरा सेवन गरि सवारी चलाएका १० जना चालकलाई कारवाही स्वरुप ३ महिने सवारी चलाउन प्रतिवन्द्ध लगाएकोे छ । दुर्घटना न्यूनिकरण गर्नकालागि संघले पहिलो पटक मदीरा सेवन गरि सवारी चलाएको पाईएमा ३ महिनासम्म टैकंर चलाउन नदिने, दोस्रो पटक भेटिएमा ६ महिना र तेस्रो पटक मदीरा सेवन गरि सवारी चलाएको पाईएमा सदाका लागि टैकंर चलाउन नपाउने व्यवस्था मिलाएको संघका अध्यक्ष राकेशकुमार कशौधनले पत्रकार सम्मेलन गरि बताउनु भयो ।

मादक पदार्थ सेवन गरि सवारी चलाउन नपाउने नियम लागु भएपछि संघले १० जना चालकलाई ३ महिना सवारी चलाउनवाट रोक लगाएको हो । दूर्घटना नियन्त्रण र पेट्रोलियम पदार्थको जोखिम कम गर्न संघले ट्राफिक सचेतना, सवारी दूर्घटना तथा पेट्रालियम पदार्थवाट हुने जोखिम न्यूनिकरणका लागि चालक र सह चालकलाई बुधवारदेखि प्रशिक्षण संचालन गरेको छ ।

तिन दिनसम्म संचालन गरिने प्रशिक्षणमा ४ सय जनालाई सहभागिता गराईने कार्यक्रम संयोजक प्रेम गुरुङले बताउनु भयो । चालक र सह चालकलाई प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवल र नेपाल आयल निगम भलवारीका प्रशिक्षकहरुले तालिम प्रदान गरिरहनु भएको संघका महासचिव भुपराज अर्यालले बताउनु भयो ।