दोस्रो सातामा चलिरहेको फिल्म क्याप्टेनको सोमबार राजधानीमा विशेष शो आयोजना गरिएको छ।
फुटबलरको कथामा निर्माण भएको फिल्म उपराष्ट्रपति नन्दकिशोर पुनले समेत हेरेका छन्। उपराष्ट्रपति पुनले क्याप्टेनले उठान गरेको विषयवस्तुप्रति तारिफ गरे। ‘यो हाम्रो कथा हो। त्यसैले मलाई फिल्म निकै मन प¥यो। फिल्मले सम्पूर्ण नेपालीलाई एकतामा बाँध्ने प्रयास गरेको छ’, उनले भने– ‘खेलमा रुचि राख्नेका लागि फिल्म झन् विशेष छ।’
उपराष्ट्रपति पासाङले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको सिनेमा पहिलादेखि नै हेर्दै आएको र आप्mना लागि तीनै जना सुपरस्टार रहेको समेत बताए। विशेष शोमा सहभागी लोकप्रिय अभिनेता शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवन केसीको मेहनतको प्रशंसा गरे। ‘फिल्म राम्रो बनेको छ, फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ। फिल्मले राष्ट्रियता र फुटबलसँग हामीलाई जोड्छ।’ –शिवको भनाइ थियो।











प्रतिक्रिया