काइली कान्छी अर्बपति

0
Shares

हलिउड अभिनेत्री काइली जेनर विश्वको सबैभन्दा कम उमेरको सेल्फ मेड अर्बपति बनेकी छिन्।

२१ वर्षीया अभिनेत्रीले फेसबुकका सीईओ मार्क जुकरवर्गलाई पछाडि पार्दै आफ्नो नाम अगाडि सारेकी हुन्। फोब्र्स म्यागेजिनले उनलाई सेल्फ मेड अर्बपतिको उपाधि दिएको हो।

काइलीले सन् २०१५ मा आफ्नो कस्मेटिक कम्पनीको शुरूआत गरेकी थिइन्। फोब्र्सका अनुसार उनले पछिल्लो वर्ष ३ सय ६० मिलियन डलरको कस्मेटिक कारोबार गरेकी थिइन्। उनी हलिउड टेलिभिजन स्टार किम कार्डसियनकी सौतेनी बहिनी हुन्।

काइली किमको टेलिभिजन शो किपिङ विथ कार्डसियनमार्फत पनि पैसा कमाउँछिन्। अर्बपतिमा आफ्नो नाम आएपछि काइलीले आफूलाई यसका बारेमा केही आशा नभएको र भविष्यको बारेमा पनि केही नसोचेको बताएकी छिन्।