मस्त छ मौसम

0
Shares

आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म जानी नजानीको शीर्ष गीत मस्त छ मौसम सार्वजनिक गरिएको छ।

मोदनाथ खनालको शब्द तथा गायक गायिका प्रताप दास र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ। प्रविन सिंहले कोरियोग्राफी गरेको भिडियोलाई फिल्मका निर्देशक वसन्त अधिकारीले निर्देशन गरेका छन्। अधिकारीको यो डेब्यु निर्देशनको फिल्म हो।

अभिनेत्री रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माणमा बनेको फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको छ भने मनिष श्रेष्ठ, निरीशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। यो फिल्मबाट निर्माता, निर्देशक तथा अभिनेता विश्व बस्नेतकी छोरी निरीशा बस्नेतले डेब्यु पाएकी छिन्।