रंगशाला निर्माणका लागि यँकेबाट ६ लाख सहयोग

0
Shares

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि लमजुङ आमा समँह, यँकेले ६ लाख ५५ हजार ८ सय ५० रुपियाँ सहयोग गरेको छ।

सोमबार फाउन्डेसनको कार्यालयमा संस्थाकी अध्यक्ष जुना गुरुङसहित अन्य पदाधिकारीको उपस्थितिमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो। यँकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको दोस्रो रमाइलो साँझबाट संकलन भएको रकम आमा समँहले फाउन्डेसनलाई हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण गर्दै संस्थाकी अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसँग भेट्न पाउँदा खुसी लागेको तथा फाउन्डेसनको कामबाट आफँहरू प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताइन्। ‘उहाँहरूको कामबाट हामी निकै प्रभावित छौं’, अध्यक्ष गुरुङले भनिन्– ‘यँकेमा रहनुहुने सबै आमाहरूको सहयोगमा हामीले कार्यक्रम गरेर संकलन गरेको रकम उहाँहरूलाई दिन पाउँदा हामी निकै खुसी छौं।’

सहयोग रकम ग्रहण गर्दै फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ ले सबैलाई धन्यवाद दिइन्। ‘यो सहयोग मात्रै होइन, नारी एकता, नारी सशक्तता पनि हो जस्तो लाग्छ’, घिमिरेले भनिन्– ‘अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुःख पर्दा सहयोग गर्ने लमजुङ आमा समँहको कामले म आफैं पनि नारी भएको हिसाबले निकै खुसी छु।’ देशकै गौरवको योजना आफुहरूले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिक्रियाले आफँहरूलाई निकै ठँलो हौसला मिलेको जनाउँदै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले भने– ‘रंगशाला नितान्त यहाँहरूकै सहयोगमा निर्माण सफल हुने हो। सबैजना अभियन्ता बनेर सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।’धअनुसार पेट कसेर पटुका बाँधे बिग्रेको रगत निस्कन्छ र पेट घट्छ भनेर माथिबाट तल पटुका कस्नु हुन्न।