चार बिहेपछि जेनिफरले गरिन् छैटौंपटक इन्गेजमेन्ट

0
Shares

चर्चित हलिउड अभिनेतृ तथा गायिका जेनिफर लोपेजले हालै छैटौंपटक इन्गेजमेन्ट गरेकी छिन्। ४९ वर्षकी उनले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँग औंठी साटासाट गर्दै इन्गेजमेन्ट गरेको एजेन्सीले जनाएको छ।

करिब दुई वर्षदेखि सम्बन्धमा रहेका उनीहरूले आफ्नो तस्वीर सामाजिक संजालमा सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। उनीहरूले पहिलोपटक सन् २००५ मा एकअर्कासँग भेटेका थिए। यसभन्दा अघि जेनिफरले चारपटक विवाह गरिसकेकी छिन्। जेनिफरका लागि प्रेम, इन्गेजमेन्ट र विवाह सामान्य कुरा हो।

उनको यो चौथो विवाह हो। सन् १९९७ मा पहिलो विवाह गरेकी उनको एक वर्षपछि सम्बन्धविच्छेद भएको थियो। दोस्रो विवाह २००१ मा गरेकी उनको दोस्रो विवाह दुई वर्षसम्म चलेको थियो। २००४ मा तेस्रो विवाह गरेकी उनको यो विवाह सम्बन्ध भने २०१४ सम्म चलेको थियो। उनका २ बच्चा रहेका छन्। रोड्रिगेजले भने सन् २००२ मा विवाह र २००८ मा सम्बन्धविच्छेद गरेका थिए। जेनिफर ४९ वर्षकी हुन् भने रोड्रिगेज ४३ वर्षका छन्।