अमेरिकाको फेस्टिभलमा बुलबुल

0
Shares

अमेरिकाको मेरिल्यान्डमा हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्म बुलबुल ओपनिङ फिल्मका रूपमा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक विनोद पौडेलले तीन वर्षदेखि आयोजना हुँदै आएको महोत्सवमा आयोजकले बुलबुललाई पहिलो फिल्मका रूपमा समावेश गर्ने प्रष्ट्याए।

तेस्रो संस्करण फेस्टिभल आगामी जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ। महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गर्ने गरिन्छ।

बुलबुलले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको यसको निर्माण समँहले जानकारी गराएको छ। रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठँला स्टार र बजेटका फिल्मको चपेटामा पर्दै आएको बुलबुलले यसका बाबजुद चौथो हप्तासम्म प्रदर्शन यात्रा लम्ब्याएको हो। फिल्मलाई समीक्षकले तारिफ गर्दै आएका छन्। फिल्मको लेखकसमेत रहेका पौडेलले फिल्मले लगानी सुरक्षित गरिसकेको जानकारी गराए।

‘३ करोड लगानी गरेर १ करोड उठाउन मुस्किल भएको समयमा हामीले ८० लाख लगानी गरेर करोड बढी उठाएका छौं, थोरै सही तर नाफामा छौ’ –पौडलेको दाबी छ। पौडेलले फिल्म बाहिरका देशमा बेच्न शुरू गरिएको जानकारी पनि गराए। उनले आइतबार मात्र अस्ट्रेलियामा फिल्मको प्रदर्शन अधिकार बेचेको बताए। १२ लाखमा अस्ट्रेलियामा अधिकार बेचेको जनाउँदै यही साता अमेरिका र भारतमा फिल्म बेच्ने प्रक्रिया पँरा गर्ने उनले बताए।