१०१ वर्षमा बृद्धालाई नागरिता

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मीमा १ सय १ वर्षिय बृद्धाले नागरिता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिबिरमा कालिगण्डकी गाउँपालिका वडा नं. ६ खड्गकोट निवासी १०१ वर्षीय जेष्ठ नागरिक पविकला थापाले नागरिता पाएकी जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

बिबिध कारणले नागरिता लिनबाट बञ्चीत भएकी थापाले गाउँमै शिबिर पुगेको बेला मात्रै पहिलो पटक नागरिता लिएकी हुन् । गरिबी र बिकट ठाउँमा भएकी बृद्धाले गाउँबाट सदरमुकाम सम्म ल्याउन कोही पनि नहुदा नागरिता बिहिन रहेको पाण्डेयले बताए ।

नागरिता नपाएको कारण बृद्धाभत्ताबाट समेत बञ्चीत भएपछि कालिगण्डकी गाउँपालिका प्रमुख बेद मगरले मानिसहरु घरमै पठाएर नागरिता पाउने स्थान सम्म ल्याएर बृद्धालाई नागरिता प्रदान गरिएको हो । सरकारी निकायको पहुँचबाट टाढा मानिने गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाटमा संचालन गरिएको थियो ।

नागरिकको घरदैलोमा सरकारी सेवा पु¥याउने उदेश्यअनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा एकीकृत घुम्ती सेवा शिबिर राखिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । एकिकृत घुम्ती शिबिरमा गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको नेतृत्वमा विभिन्न ७ वटा सार्वजनिक निकायको सहभागिता रहेको थियो ।

जिल्लास्थित विभिन्न सेवाप्रदायकहरुको एकीकृत घुम्ती सेवा ५ सय ३५ जनाले नागरिता लिएका थिए । जसमध्ये ३ सय १६ जना महिला र २ सय १९ जना पुरुषले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

शिबिरमा २ सय ७० जनाले फोटोसहितको मतदाता नामावली संकलन गराएका थिए । गुल्मी अस्पतालका डक्टरहरुबाट स्वास्थ्य परिक्षण २सय ३५ जना र स्वास्थ्य कार्यालयबाट करिब ६० हजारको निशुल्क औषधी वितरणप्रशासकिय अधिकृत पाण्डेयले बताए । त्यस्तै नेपाल टेलिकमको २ सय ८० जना सिमकार्ड लिएका थिए ।

कृषि ज्ञानकेन्द्रबाट ३ सय जना कृषकलाई विउपल वितरण जना र कृषि परामर्श १सय ३३ जनालाई प्रदान गरिएको पाण्डेयले बताए ।

शिबिरमा डिभिजन वन कार्यालयबाट वनडढेलो नियन्त्रण र वातावरण संरक्षण सम्बन्धी परामर्श १ सय ५० जनालाई सचेतना दिइएको थियो ।
घरेलु तथा सानाउद्योग तथा बाणिज्य दर्ता १५¸ नविकरण १० र उद्योग सन्चालन सम्बन्धी परामर्श ३५ जनालाई प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घासबाट दुर्गम स्थानमा रहेका स्थानका ५ सय ३५ जनाले सदरमुकाम सम्म आएर नागरिता लिदा प्रति व्याक्ति झण्डै ५ हजार खर्च हुने गर्दथ्यो । गाउँमै सेवा पुगेपछि झण्डै २७ लाख त्यस स्थानका स्थानियको रकम बचत समेत भएको छ ।