ताराले ल्याइन् मायाको घर


गीतकार तारा अधिकारीको नयाँ गीत मायाको घर सार्वजनिक गरिएको छ। उनको शब्द रचनाको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ। गीतमा संगीत संयोजन किरण कँडेलको छ।

गीतको भिडियोमा मरिष्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई फिचरिङ गरिएको छ। भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडिया शिव ढकालले खिचेका छन्। भिडियोको नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्द थापाद्वारा निर्माणाधिन फिल्म साइनोका डेब्यु निर्देशक रमेश थापाले निर्देशन गरेका छन्। भिडियो चन्द्र बिनायक फिल्म्स्ले तयार पारेको हो।

गीतकार अधिकारीको यो गीत सपना नामक एल्बममा समावेश छ। गीत लेख्नु आप्mनो सौख भएको जनाउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरूको रेकर्डिङ सकिएपछि बजारमा ल्याउने बताईन्। यो उनको दोस्रो गीत हो।

अमेरिकी अभिनेता भिन्सेन्टको निधन

अमेरीकी अभिनेता जेन माईकल भिन्सेन्टको ७३ वर्षको उमेरमा निधन भएको छ। टिभी सीरीज एयरवुल्फमा आफ्नो भमिकाको लागि चिनिने उनले १९६७ मा फिल्मी करीअर सुरु गरेका थिए।

उनको पहिलो फिल्म द ब्याण्डिट्स थिया, जुन फिल्म पश्चात उनले बस्टर एण्ड बिली, द ट्राईब हुपर, ड्यामनेशन एलीजस्ता फिल्म खेलेका थिए। एयरउल्फको तीन सिजनमा काम गर्दाको समय उनी अमेरीकी टेलिभिजनमा सबैभन्दा बढि रुचाईएका थिए। उक्त समय उनले प्रति एपिसोड २ लाख डलर कमाउथे। व्यक्तिगत जीवनलाई लिएर पटक पटक विवादमा आउने गरेका उनलाई आफ्नो प्रेमीकालाई कुटपीट गरेको आरोप लागेको थियो भने मगेतरमाथि हमला गरेका कारण ६० दिन जेल सजाय सुनाईएको थियो।