जेसीबीले किच्दा एक जनाको मृत्यु

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
जेसीबीले किच्दा बैतडीमा शनिवार बेलुका एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पाटन नगरपालिका २ का १९ बर्षीय पुर्णानन्द पाण्डेय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

शनिवार बेलुका ५ बजेतिर क्याम्पस लाइनमा बाटोमा पैदल हिडीरहेका पाण्डेलाई विमानस्थल तर्फ गईरहेको जेसीबीले किच्दा उनको घटनास्थलमै मृत्यु भएका हो । पाण्डेयको शव परिक्षण लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मृतक पाण्डेय पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा आइएसी एजीमा अध्ययनरत रहेका थिए । ठिक्कर दिने चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।