मन्त्री थापा न्यूयोर्क प्रस्थान

0
Shares

काठमाडौँ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यु०को ६३औँ बैठकमा भाग लिन आज अपराह्न न्यूयोर्कतर्फ प्रस्थान गर्नुभयो ।

लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा समेत सहभागी हुने सिलसिलामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मन्त्री थापा नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, सोही मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी हुनुहुन्छ । मन्त्री थापालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
रासस