त्रिभुवन आर्मी झापा गोल्डकपको फाईनलमा


भद्रपुर ।
विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको एक मात्र आत्माघाती गोलको उपहारसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब आर्मीले उपाधिका लागि आगामी सोमबार आयोजक झापा ११ सँग प्रतिस्पर्धा गर्ने भएको छ

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा दाउफिन्सलाई १—० गोल अन्तरले पराजित गर्दै साविक विजेता समेत रहेको आर्मी उपाधि नजिक पुगेको हो । खेलको दोस्रो हाफमा दाउफिन्सले आर्मीलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा दाउफिन्स उपाधि होडबाट पाखा लाग्यो ।

निकै कडा रुपमा प्रस्तुती दिएको दाउफिन्सलाई आफ्नो बसमा पार्न हम्मे हम्मे भएको वेला दाउफिन्सको कम्जोरी आत्मघाती गोल आर्मीको लागि भाग्य सावित भएको थियो ।

खेलको म्यान अफ दी म्याच आर्मीका बिमल पाण्डे घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजारसहित ट्रफी प्राप्त गर्नेछ ।