राउत र सरकारबीचको सहमतिले शान्ति र समृद्धिको बाटोाः महासचिव पौडेल

0
Shares

यमलाल भुसाल, बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थ मन्त्री विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनु भएको छ ।

बुटवल उपमहानगरपालिकाको सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको शनिवार उद्घाटन गर्दै उहाँले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताउनु भयो

राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई राम्रो झापड दिएको समेत उहाँले बताउदै अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेख्न चेतावनी दिनु भयो ।

महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनु भयो । उहाँले भन्नु भयो , “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत भए पछि मात्र राउत संग सरकारले सहमती गरेको खुलासा गर्नु भयो ।

‘छुटै मधेश’हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारीसमेत उहाँले दिनु भयो । नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन”, उहाँले भननु भयो “सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ।”

कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा केन्द्रीय सरकारले शुरु गरेका योजना पूरा गर्न बजेट समस्या रहेकाले पहल गरिदिन महासचिव पौडेललाई आग्रह गर्नु भयो ।