मल्पी र नामी च्याम्पियन


नेपाल समाचारपत्र
काठमाडौं
आयोजक मल्पीको ‘बी’ टिम र नामी चौथो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन्।

बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पीले काष्ठमण्डपलाई २१–१५ ले पराजित गर्यो। टोलीको जितमा आयुश मोक्तानले सर्वाधिक ९ अंक योगदान गरे। बाँकी खेलाडी अनन्य भट्टराईले ६, राहुलविक्रम शाहले ४ र पविन राईले २ अंक जोडे। मल्पी लगातार चौथो पटक च्याम्पियन बनेको हो।

गल्र्सको उपाधि भिडन्तमा पासाङ छुटिन शेर्पाको ५ अंक सहयोगमा नामीले यसअघिका तीन संस्करणको विजेता मल्पी ‘बी’ लाई १०–६ ले हरायो। वितास्मा गुरुङ र इशिका ढकालले समान २–२ तथा सुरक्षा गुरुङले १ स्कोर गरे। ब्वाइज÷गल्र्स दुवैको विजेताले १० हजार र उपविजेताले ५ हजारका दरले नगद पुरस्कार हात पारे।

ब्वाइजमा मल्पीका राहुलविक्रम तथा गल्र्समा नामीकी पासाङ छुटिन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। ब्वाइजमा काष्ठमण्डपका श्रृजन भण्डारी तथा गल्र्समा मल्पी ‘बी’ की सिम्रन खाँड ठकुरी सर्वाधिक स्कोरकर्ता बने। प्रतियोगिताभर श्रृजनले ४५ तथा सिम्रनले २७ स्कोर गरे। नामीका तेन्जिङ साम्तेन ‘बेस्ट प्वाइन्ट गार्ड’ चुनिए।