आयोजक झापा चौथो पटक फाइनलमा


नेपाल समाचारपत्र
भद्रपुर
झापा ११ एफसी चौथो मगमग झापा गोल्डकपको फाइनलमा लगातार चौथो पटक प्रवेश गरेको छ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–० गोलले पराजित गदैै झापाले फाइनल यात्रा तय गरेको हो। झापाले सेमिफाइनलमा नै तेस्रो पटक थ्री स्टारलाई पराजित गरेको हो। टोलीका लागि पुजन उपरकोटी, देवेन्द्र तामाङ्, दिनेश थापामगरको प्रहार गोलमा परिणत भए। कर्ण लिम्बु र हेमन गुरुङ्को प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाएका थिए।

थ्रीस्टारका लागि रजिन धिमालको प्रहार मात्र गोलमा परिणत भएको थियो। बुद्धराज लिम्बूको प्रहार झापाका गोलरक्षक दिनेश थापामगरले रोकेका थिए। रूपेश केसी र मिक्चेन तामाङ्को प्रहार बाहिरिएको थियो। खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दिनेश थापामगर घोषित भए। उनलाई नगद १५ हजार प्रदान गरियो।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न सकेनन् भने पाएको अवसर पनि खेर फालेका थिए। १५ मिनेटको थप समयमा दुवै टिमबाट गोल नहुँदा निर्णय टाइब्रेकरबाट लिइएको हो । शनिबार दाउफिन्स एफसी र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।