महिला भएर पनि… भन्न बन्द गरौं

0
Shares

मलाई सधैं खड्किने एक वाक्य ‘महिला भएर पनि…।’ धेरैजसो महिलासम्बन्धी केही उपलब्धिका कुरा हुन् वा महिला सशक्तीकरणका मुद्दा उठाउँदा नै किन नहुन्, हामी ‘महिला भएर पनि’ जस्ता शब्द प्रयोग गर्छौं। भाषा वा शब्द आफैंमा गलत हुँदैनन्। तीसँग जोडिएर आउने अर्थहरू कहिलेकाहीं हामीले सोच्दै नसोचेका रूपमा अप्रगतिशील भइदिन्छन्। मेरो बुझाइमा महिला हिजो पनि सक्षम थिए, आज पनि छन्। अवसर नपाउनु, नदिइनु वा लिन नसक्नु आफैंमा लैंगिक हिसाबले कमजोर हुनु कदापि होइन। सक्षम हुनु वा नहुनुलाई लि·सँग जोड्न बन्द गरौं। नारी दिवसको शुभकामना। प्रियंका कार्की