पीएसजी बाहिरिँदा युनाइटेड क्वार्टरफाइनलमा


लन्डन, (एजेन्सी)
खुट्टाको औंलाको चोट बेहोरेर खेल्न नसकेका नेयमारको टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) युएफा च्याम्पियन्स लिग प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार राति पेरिसमै भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग पीएसजी ३–१ ले पराजित भएको हो । समग्रमा दुबै लेग गरी ३–३ बराबरी भए पनि अवे गोलको कारण युनाइटेड प्रयितोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

पीएसजी भने इन्जुरी समयमा पेनाल्टीमा गोल बेहोरेर अन्तिम १६ बाटै बाहिरिएको हो । यो नतिजापछि नेयमारको क्वार्टरफाइनलमा खेल्न आसा समाप्त भएको छ ।

पीएसजी ९३औं मिनेटसम्म ३–२ को अग्रतासँगै च्याम्पियन्स लिगको अन्तिम आठमा कदम चालिरहेको थियो । तर ९४औं मिनेटमा भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा खेल रेफ्रीले कर्नर दिएको निर्णय रद्द गर्दै पीएसजीविरुद्ध पेनाल्टीको निर्णय लिएको थियो । सो पेनाल्टी प्रहारलाई मार्कुस रास्फोर्डले गोल गरेपछि युनाइटेडको भाग्य खुल्यो भने पीएसजीका समर्थक र खेलाडी आफ्नै मैदानमा निरास भएका थिए । ओल्ड ट्राफोर्डमा भएको पहिलो लेगमा पीएसजीले युनाइटेडलाई २–० गोलअन्तरले हराएको थियो ।

तर ब्राजिली स्ट्राइकर नेयमारले सो पेनाल्टी नभएको सामाजिक संजालमा जनाएका थिए । बीबीसीले जनाएअनुसार उनले दुखित हुँदै बताए—यो लज्जाजनक निर्णय हो । चार जना मान्छे जसले फुटबलबारे केही जानेको छैनन् । उनीहरुले स्लो मोशनमा रिप्ले हेरेर पेनाल्टीको निर्णय लिए । किम्पेम्बेले हातले छोएकै थिएन । उनको हातको पछाडि बलले लागेको थियोे ।

यो पेनाल्टी हुन्छ र ?
युनाइटेडका डिएगो डालोटको प्रहारमा किम्पेम्बेको हातमा छोएर बल क्रसबार माथिबाट गएको थियो । यसअघि रोमेलु लुकाकुले खेलको दोस्रो मिनेटमै गोल गरेर युनाइटेडलाई अग्रता दिलाएका थिए । किलीयन बाप्पेकोे पासमा अनमार्कमा रहेका हुआन बेर्नेटले गोल गरेर खेल १–१ बराबरीमा पु¥याएका थिए । तर बेल्जियमका लुकाकुले गियानलुइगी बुफोनको गल्तीमा अर्को गोल गर्दै युनाइटेडलाई २–१ को अग्रतामा पु¥याए । अन्तिममा रास्फोर्डको पेनाल्टी गोलपछि युनाइटेडले नतिजा उल्ट्याएको थियो ।

पीएसजी फ्रेन्च लिगको पावरहाउस टोली हो । यस सिजनको घरेलु लिगमा पीएसजी दोस्रो स्थानको टोलीभन्दा १७ अंकले अगाडि छ । यसको बावजुद टोलीले यस सिजनमा पहिलो पटक घरेलु मैदानमा हार बेहोरेको छ । दुई सिजन अगाडि बार्सिलोनालाई पहिलो लेगमा ४–० ले हराएको पीएसजी नउ क्याम्पमा ६–१ गोलअन्तरले हारेर लज्जित बन्नुपरेको घटना युनाइटेडविरुद्धको नतिजापछि पुन ताजा भएको छ ।

पोर्टो पनि अन्तिम आठमा
म्यानचेस्टर युनाइटेड झै एफसी पोर्टोले पनि नतिजा उल्टाएर च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । पोर्टोले दोस्रो लेगमा इटालियन क्लब रोमालाई ३–१ ले हराएर समग्रमा ४–३ को अग्रता लिँदै अन्तिम आठकोे यात्रा तय गरेको हो । पहिलो लेगमा रोमा २–१ ले जितेको थियो । पोर्चुगिज टोली पोर्टो २०१४–१५ पछि सो प्रतियोगिताकोे अन्तिम आठमा पुगेको हो ।