सुजना ज्ञानसागर र पिसल्याण्ड सेमिफाईनलमा


काठमाडौं, (नेस)

लालीगुराँस कप दोश्रो अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगितामा सृजना ज्ञानसागर र पिसल्याण्ड सेमिफाईनलमा प्रवेश गरेका छन् ।

बिहिवार भएको क्वाटरफाईनल खेलको निर्धारित समयमा गोल सहित बराबरी खेलेका सृजना र पिसल्याडले टाईब्रेकरमा जित निकालेका थिए । सृजनाले ब्राईट हेमन्टलाई ४–३ गोल अन्तरले हराउदा पिसल्याण्डले बेलमनलाई टाईब्रेकरमै ४–३ गोल अन्तरले हराउदै सेमिफाईनलमा स्थान पक्का गरेका थिए ।

तार्केश्वर–२ ढकालटार स्थित आयोजक लालीगुराँस बिद्यासदनको खेल मैदानमा बिहिवार नै भएको लिग खेलमा आयोजक लालिगुराँस र पिसल्याण्डले बराबरी खेले पछि अंकको आधारमा दुवै टिम क्वाटरफाईनलमा प्रवेश गरेका थिए ।