एलएलाई लोयल्टी कप


काठमाडौं, (नेस)
डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुलले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

भंगालस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा एलएले सिद्धार्थ बनस्थलीलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । एलएका प्रज्ज्वलराज भट्ट र विगुल पोखरेलले गोल गरे । सिद्धार्थ बनस्थलीका कृष थापा मगरले १ गोल फर्काए । एलएका प्रज्ज्वलराज भट्ट ‘म्यान अफ द म्याच’ घोषित भए ।

एलएका इशान शाही उत्कृष्ट खेलाडी चुनिए । एलएकै रिम्मोन मानन्धर उत्कृष्ट गोलरक्षक ठहरिए । प्रतियोगिताभर ७ गोल गरेका सिद्धार्थ बनस्थलीका कृष थापा मगर सर्वाधिक गोलकर्ता बने । नेक्ससले अनुशासित टिमको उपाधि हात पा¥यो ।