ओरियन्टल सहकारीको सम्पत्तिभन्दा दायित्व धेरै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ओरियन्टल सहकारी संस्थाबाट ठगिएका पीडितले राहत नपाउने भएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको छानविनमा संस्थाको दायित्वको तुलनामा सम्पत्ति न्यँन देखिएपछि पीडितले राहत पाउने सम्भावना कम देखिएको हो ।

समितिले गरेको छानविनबाट संस्थाको दायित्व १६ अर्ब १ करोड रुपियाँ देखिएको छ । जसमध्ये ९ अर्ब १२ करोड रुपियाँ साँवा रकम र २०७४ सम्मको ब्याज बापत ६ अर्ब ८९ करोड रुपियाँ रहेको छ । त्यस्तै संस्थाको बैंकमा रहेको नगद करिब १९ लाख रुपियाँ छ भने ऋण असुली ७५ लाख रुपियाँ रहेको समितिको छानविनबाट खुल्न आएको हो।

समितिले संस्थाको सम्पँर्ण सम्पत्तिलगायतको छानबिन गरेको छ । संस्थाको नाममा रहेको तथा सञ्चालकको नाममा रहेको शेयर तथा अचल सम्पत्ति रोक्का गरिएको समितिका अध्यक्ष युवराज सुवेदी जानकारी दिनुभयो । गत वर्ष कार्तिक २० गते सरकारले ओरियन्टल को–अपरेटिभलाई समस्याग्रस्त सहकारी संस्था घोषणा गरेको थियो ।समितिमा ७ हजार ५ सय ४६ पीडित निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, सेयर सदस्यहरु र अन्यको निवेदन परेको बताइएको छ ।

संस्थाको कुल दायित्वमध्ये ९ अर्ब १२ करोड साँवा देखिएको छ भने ६ अर्ब ८९ करोड ब्याज देखिएको छ । समितिले गरेको छानबिनबाट सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम ८ अर्ब ३८ लाख रुपियाँ दायित्व देखिएको छ । त्यस्तै, सहकारी संस्थाको शेयर रकम २ लाख रुपियाँ, अपार्टमेन्ट बुकिङ रकम ४ अर्ब ९२ करोड रुपियाँ, बंैक तथा वित्तीय संस्थाको कर्जा १ अर्ब ९८ करोड रुपियाँ, सरकारको कर दायित्व ५३ करोड १० लाख तथा अन्य साहुको १९ करोड ७० लाख रुपियाँ दायित्व रहेको समितिले बताएको छ ।

संस्थाको १९ लाख मात्र बैंक मौज्दात रहेको समितिले छानविनको क्रममा औंल्याएको छ ।सहकारी संस्थाका तत्कालीन अध्यक्षको नितु थापा बस्नेत, महाप्रबन्धक राजेश श्रेष्ठ, प्रतिमा शर्माको नाममा विभिन्न बैंकमा शेयर रहेको समितिले ठहर गरेको छ । शेयर समितिले रोक्का राखेको छ । सहकारी संस्थाको १२ करोड ७ लाख रुपियाँ उठाउन बाँकी रहेको छ ।