सीएमसीसँग तनहुँ हाइड्रोपावरले पनि ठेकका तोड्यो, जमानत जफत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सीएमसीले ठेक्का पाएको थियो ।

तनहुँ हाइड्रोपावरले गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सँचना सीएमसीलाई दिएको थियो । त्यस्तै फागुन ७ गते ठेक्का तोड्नका लागि सँचना दिइएकोमा सीएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहँु हाइड्रोपावर लिमिटेडले फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सीएमएसीलाई गराएको हो । सीएमसीसँग मेलम्ची खानेपानी आयोजनाले पनि ठेक्का तोडिसकेको छ ।

खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश सीएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेकोलगायत कारण सम्झौता गरिएको हो ।

तनहुँ हाइड्रोपावर लिमिटेड र सीएमसीबीच गत असोज १५ गते २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मँल्य अभिवृद्धि करसहित) मा सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सँचना जारी गरी सीएमसीले कार्यसम्पादन जमानतवापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपियाँसमेत जफतको लागि दाबी गरेको छ ।

सीएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकले यसै हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ । सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी शुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ टेन्डर आह्वान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले चैतको दोस्रो हप्ताभित्रमा नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपँर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम शुरु गरिसकेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता गरी काम शुरु भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।