ब्याजदर घटाउन महासंघको सुझाव

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई बैकिङ ब्याजलाई कम गर्न सुझावपेश गरेको छ ।

महासंघले बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशतसम्म प्रिमियम थप गरी लिनपाउने व्यवस्था गरिनुपर्ने । साथै कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गरिनुपर्र्ने सुझाव दिनएको छ ।

त्यस्तै अनिवार्य नगद अनुपातमा बैंकहरुलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकहरूको कस्ट अफ फन्ड घटेर बेस रेट घट्न सक्ने भएकाले यसतर्फ कदम चाल्नुपर्ने, पुनर्कर्जा कोषमा छ—छ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनुपर्ने । पुर्नकर्जाका प्रक्रिया सरल गरिनुको साथै पुर्नकर्जा कोषलाई वृद्धि गरी सय अर्ब बनाउनुपर्ने, नाफा मुलक संस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यँनतम बचतकर्ताको ब्याजदरभन्दा बढी नहुने गरी ब्याजदर कायम गरिनुपर्ने उल्लेख छ ।

बैंकिङ सेवालाई सरल र सहज बनाउनका लागि १० लाखभन्दा कमको बचतमम केवाईसी फर्मलाई उदार गरिनुपर्ने । महासंघको तर्फबाट प्रस्तुत सुझाव पत्र ग्रहण गर्दै गभर्नर नेपालले महासंघले विभिन्न समयमा दिएका सुझाव अत्यन्त महत्वपँर्ण रहेको र हालको समस्याको समाधानको लागि परिणाम निस्कन समय लागेता पनि नेपाल राष्ट्र बैंकले कार्य गरिरहेको विश्वास दिलाउनुभयो ।