‘बाह्य लगानी आकर्षित गर्न अझै सुधारको आवश्यकता’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, आयात निर्यात, संयुक्त लगानी, नेपालमा लगानीको वातावरण, नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन तथा आपसी सहकार्यका सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भएको छ ।

महासंघ सचिवालयमा भएको भेटमा अध्यक्ष राणाले नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर बाह्य लगानी, प्रविधि तथा विकासको मोडलसमेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कँटनीतिक तवरबाट सहयोग गर्न राजदँत समक्ष अनुरोध गर्नुुभयो ।
मुलुकको आर्थिक विकासमा नेपाल सरकार अत्यन्त क्रियाशील रहेको यसका लागि कतिपय ऐन कानुनहरू (श्रम तथा सामाजिक सुरक्षा, फिट्टा, सेज आदि) समेत आइसकेको र बाँकी ऐन कानुन पनि छिट्टै ल्याउने तरखरमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले अगाडि सारेको नेपाल लगानी सम्मेलन र भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका तर्फबाट निरन्तर सरकारलाई सल्लाह सहयोग भइरहेको जानकारी गराउनु हुंदै नेपालको समृद्धिको चाहनालाई सफल पार्न अमेरिकी सरकार र निजी क्षेत्रको सहयोग नेपाली निजी क्षेत्रले खोजेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा राजदुत र्यान्डी बेरीले नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । नेपाल विस्तारै आर्थिक विकासको मार्गतर्फ अगाडि बढिरहेकोमा अमेरीकी सरकार अत्यन्त खुशी रहेको बताउनुहुँदै राजदँत बेरीले बाह्य लगानी आकर्षणका लागि अझै धेरै सुधारको आवश्यकता आंैल्याउनुभयो । राजदँत बेरीले सो अवसरमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनका विषयमा चासो समेत देखाउनुभयो ।