प्याब्सनमा चुनावको चहलपहल, पुरी र ढुंगानाबीच कडा प्रतिष्पर्धा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नीजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको आसन्न १४ औ महाअधिवेशनमा उम्मेद्धारी घोषणा गर्नेक्रम बढेको छ । अध्यक्षमा टीका पुरी र डीके ढुंगानाको प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अधिकांस आकांक्षीले सामाजिक संजाल मार्फत उम्मेद्धारी घोषणा गर्न थालेका छन् । ६७ सदस्यीय जम्बो कार्यसमितिमा अध्यक्षका दावेदार मध्य ढुंगाना प्याब्सनका वरिष्ठ उपाध्यक्ष हुन ।

कार्यसमितिले २५ प्रतिशत मनोनित समेत गरी ८५ जना को कार्यसमिति रहने प्यवस्था गरिएको छ । लामो समयदेखि निजी विद्यालयको हकहितका लागि लागि पर्दै आएका ढुंगाना प्याब्सनको महासचिव भैसकेका छन् । पुरी हाल प्याब्सनका सल्लाहकार हुन । गएको अधिवेशनमा अध्यक्ष विजय सम्वाहाम्फेसंग झिनो मतले पराजित हुनुभएका पुरी यो अधिवेशनको कडा उम्मेद्धारको रुपमा देखिएका छन् ।

सरकारले निजी विद्यालयको भुमिकालाई साधुरो बनाउदै गएको अहिलेको अवस्थामा नया नेतृत्वलाई सरकारसंग दुरी बढाउने वा घटाउने भन्ने विषयमा चुनौति देखिएको छ । त्यसैले अधिकांस प्याब्सनका पुर्व अध्यक्ष लगायतका टिमले सहमतिकै आधारमा नया नेतृत्व चयन हुनुपर्ने जनाएका छन् ।

दुई प्यानलबिच निर्वाचन हुने भएपछि अधिकांस आकांक्षी देश दौडाहामा लागेका छन् । यही फागुन २८ र २९ गते राजधानीमा हुने अधिवेशनमा करिब ३ हजार प्रतिनिधिले आफ्नो नेतृत्व चयन गर्नेछन ।

अध्यक्षको दाबेदार ढुंगाना र पुरीले आफ्नो नेतृत्वले संघियता अनुरुप निजी विद्यालयको सुरक्षामा पहल गर्ने बताउदै आएका छन् । महाअधिवेशनमा पुरीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानिया र ढुंगानाको प्यानलबाट आशिष श्रेष्ठले प्रतिस्पर्धा गर्नुुहुने भएको छ । महासचिवमा पुरीको प्यानलबाट ईश्वर बहादुर गुरुङ र ढुंगानाको प्यानलबाट आरबी कटुवालले प्रतिष्पर्धा गर्नुहुने भएको छ ।

उपाध्यक्षमा पुरीको प्यानलबाट गोपाल आचार्य, दीपिका थापा, हिरा चन्द, अनिल झा, भीमलाल अधिकारीले उम्मेद्धारी दिने भएका छन । ढुंगानाको प्यानलबाट उपाध्यक्षमा कृष्ण अधिकारी, किशोर गौतम, निर्मल उपाध्याय र टंक भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ । कोषाध्यक्षमा पुरीको प्यानलबाट मधु लोहनी र ढुंगानको प्यानलबाट सन्तोषमणी न्यौपाने विच प्रतिष्पर्धा हुने भएको छ ।

उपमहासचिवमा पुरीको प्यानलबाट कुमार घिमिरे र ढुंगानाको प्यानलबाट भीमसेन केसी, सचिवमा पुरीको प्यानलबाट श्रीकृष्ण केसी, संगिता सिलवाल र मदन दाहालले उम्मेद्धारी दिननुहुने भएको छ । अझै दुई वटा प्यानलको पदाधिकारीको उम्मेद्धारीको टुंगो लागि सकेको छैन । अधिकांस आकांक्षीले फेसबुक मार्फत उम्मेद्धारी घोषणा गर्दै आफ्नो कार्ययोजना सार्वजनिक गर्न थालेका छन् ।