बालबालिकाका क्षमता किड्स फेयरमा

0
Shares

नमस्ते किड्स वल्र्ड मन्टेस्वरी बाँडेगाउँले बालबालिकाको सिर्जनशीलता बढाउने उद्देश्यले किड्स फेयर २०१९ आयोजना गरेको छ।
फेयरमा बालबालिकाले बनाएको आर्ट र क्राफ्टहरू प्रदर्शनीमा राखिएको थियो। पँर्वप्राथमिक कक्षाका पाठ्यक्रमअनुरूप बालबालिकालाई आफ्नो र परिवारको तस्वीर राखेर विभिन्न डिजाइनका कार्ड, चित्र कोर्न र रंग भर्न लगाइएको थियो।

ती चित्र र तस्वीर पनि प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा जनावर, ग्रिटिङ कार्ड, कागजबाट बनाइएका जनावर, फँल, गमला, मानिसको आकृतिलगायत विभिन्न सामग्री पनि राखिएको थियो। नर्सरी, यँकेजी, एलकेजीका बालबालिकाले आआफ्नो कक्षाका तर्फबाट तयार पारेका आर्ट पनि प्रदर्शनीमा राखिएको थिए।

बालबालिका आकर्षित हुने गरी शिक्ष्ँिकाले पनि आर्ट र क्राफ्ट तयार पारेका थिए। यसबाट बालबालिकामा कक्षाकोठामा सिकेअनुसार जनावर, फँल, रूख र परिवार चिन्न तथा आआफ्नो नाता थाहा पाउन सक्ने क्षमता वृद्धि हुने पनि विद्यालयका प्रमुख हेमा महर्जनले बताइन्। फेयरमा बालबालिकाले हाकुपटासी, दौरा सुरुवाल, भान्ता लंं (नेवार समुदायमा अविवाहित महिलाले लगाउने पहिरन) गुन्यु चोलोलगायत आफ्नो सांस्कृतिक पहिरन पहिरेर आएका थिए। यसले बालबालिकाको सिर्जनशील क्षमता बढाउने, आनन्दपँर्वक सिक्न र पढ्न प्रोत्साहित गर्ने प्रमुख महर्जनले बताइन्।