जसिता आफैंले गरिन् डबिङ

0
Shares

रिलिजका लागि तयार हुँदै गरेको फिल्म लभ स्टेसनको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीको दरबारमार्गस्थित क्युज सिनेमा हलमा आयोजित समारोहबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेम सम्बन्धमा अभिनेता प्रकाश शाह बाधक बनेका छन्। जसिता र प्रकाशबीचको विवाहको तयारी पनि ट्रेलरमा देखाइएको छ। तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रूप लिन्छ, त्यो भने ट्रेलरमा गोप्य राखिएको छ। फिल्ममा कुनै पात्र लामो समयदेखि हराएको र प्रदीप त्यो पात्रको खोजीमा रहेको ट्रेलरमा देखाइएको छ। यसलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको छ। ट्रेलरलाई साहिल खानले तयार पारेका हुन्।

नायक खड्काले फिल्मका निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएकोे बताए। आफँ र जसिताले लभ स्टेसनमा राम्रो काम गरेको दाबी खड्काले गरे।

लिली बिलीबाट रुचाइएको जोडी प्रदीप र जसिताको दोस्रो फिल्म लभ स्टेसन आगामी चैत २२ बाट अल नेपाल रिलिज हुँदै छ। यसपटक लभ स्टेसनमा आफैले स्वरांकन गरेकी जसिताले पनि यो फिल्मसम्म आइपुग्दा आफ्नो काम अझ परिपक्व भएको प्रतिक्रिया पाएको बताइन्। आफँ यो फिल्मबाट थप उत्साहित भएको र आगामी दिनमा प्रदीपसँगै अरू अभिनेतासँग समेत काम गर्न इच्छुक रहेको जसिताले बताइन्। यही फिल्मबाट खल भँमिकामा डेब्यु गरेका प्रकाश शाहले राम्रो टिमका कारण लभ स्टेसनमा आफँले खुलेर काम गर्न पाएको सुनाए। अभिनेता रमेश बुढाथोकीले फिल्ममा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामको प्रशंसा गर्दै समग्र टिमले यसमा राम्रो काम गरेको बताए।

निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफँहरूले समकालीन पुस्ताका लागि फिल्म तयार पारेको बताए। संगीतकार शम्भुजित बासकोटाले बलिउडका उत्कृष्ट प्रेमकथाका फिल्मकै स्तरमा लभ स्टेसन बनेको बताए। फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिल्मस्ले लभ स्टेसनलाई राम्रो बनाउन कुनै सम्झौता नगरेको बताए।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काप्mले, कालु रानालगायतले अभिनय गरेका छन्। काफिया शाही (क्रिसु) र कबिरविक्रम शाहीले निर्माण गरेको फिल्ममा निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातको लेखन, शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत, एलिस राईको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, आलोक शुक्लाको छायांकन तथा लोकेश वज्राचार्य र अर्जुन जिसीको सम्पादन रहेको छ।