पहिले दुव्र्यवहारको आरोप, फेरि सँगै काम गर्न तयार

0
Shares

भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री टीना दत्ताले सिरियल डायनमा त्यसका अभिनेता मोहित मल्होत्रामाथि सुटिङका दौरान गलत तरिकाले छुन खोजेको आरोप लगाए पनि अहिले युटर्न गरेकी छिन्। भारतीय सञ्चार माध्यमले जनाएअनुसार उनले एक विज्ञप्ति जारी गरी मल्होत्राले यौन उत्पीडन गरेको विषयलाई भुली एउटा नयाँ शुरूआत गर्ने जनाएकी छिन्।

‘मैले र मोहितले मतभेद भुलिदिएका छौं। हामीले एउटा नयाँ शुरूआत गर्नेबारेमा सोचेका छौं। मलाई उनीसँग काम गर्न कुनै समस्या छैन’, टीनाले भनेकी छिन्– ‘हाम्रो अनस्क्रिन केमिस्ट्री शोलाई फेवर गर्न काम गर्छ र प्रोफेसनल माहोल मेनटेन राख्नु शोका लागि राम्रो हुनेछ। मलाई लाग्छ अब अगाडि कुनै पनि अनुमानप्रति बिराम लाग्नेछ।’

टीनाले यसअघि मल्होत्राप्रति अन्तरंग दृश्यको सुटिङका दौरान गलत तरिकाले छुन खोजेको आरोप लगाएकी थिइन्। ‘मैले यस इस्युलाई प्रोडक्सन टिमसमक्ष राखेको छु। यो मुद्दा सुल्झाउन उनीहरूलाई छोडिदिएको छु।’ –उनले भनेकी थिइन्। मल्होत्राले भने आरोपलाई अस्वीकार गर्दै भनेका थिए– ‘यो आरोप मैले मिडियामा पढेर मात्र थाहा पाएको हुँ।’ टीनाले मोहितलाई झुटो अभिव्यक्ति दिएको आरोपसमेत खप्ट्याएकी थिइन्। ‘मोहित फस्ट्रेटेड मान्छे हो। उसले सेटमा पहिले पनि यस्तो दुव्र्यवहार गथ्र्यो।’ –टीनाले भनेकी थिइन्। समाचारअनुसार एकता कपुरले यस मामलामा हस्तक्षेप गरेपछि दुईबीच समझदारी बन्न सकेको हो।