चण्डेनीमण्डनका माझी समुदायको खेत बचाउने अभियान

0
Shares

 

ज्ञानमणि नेपाल कालोटोपी। काभ्रे ।

हरेक दिन उनीहरुको दैनिकी शुरु हुन्थ्यो कि बिहान उठ्ना साथ इन्द्रावती नदीमा माछा मार्न जाने अथवा नदी किनारामा घट्ट चलाउन जाने गरेर । तर पछिल्लो २ दशक यता नदीमा माछा पनि पाइन छोडेको छ , आधुनिक मिलहरुको प्रयोगले घट्ट पनि चल्न छाडेका छन् ।

कुनै विकल्प नभएपछि आफ्नो नाउँमा थोरै मात्र जग्गा भएका काभे्रको ९ साविक चण्डेनीमण्डन गाविस–२ ० मण्डनदेउपुर १० आँपचौरका माझीहरुको पछिल्लो समयको दैनिकी आसपासका छिमेकीहरुको खेतबारीमा ज्याला गर्न जाँदैमा बित्ने गरेको छ । ज्याला मजदुरी गरेर दिक्क भएका यीनै माझीहरु अहिले सक्रिय छन्, आफ्नो खेत बचाउने अभियानमा । काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदी किनारामा भएको सार्वजनिक जग्गा ९बगर० मा वर्षौंदेखि खेती गर्दै आएका माझीहरु वर्षेनी त्यो खेत नदीमा आएको वाढीले बगाउँदा दिक्क हुने गरेका थिए ।

खेत बचाउने कुनै विकल्प देखेका थिएनन् , उनीहरुले । एकवर्ष खेत बनायो अर्को वर्ष बगरमा परिणत हुने गरेको समस्या लिएर समाधानका लागि तत्कालिन गाविस र जिविस सम्म पुगेका थिए, माझीहरु । गाविसले दिएको थोरै सहयोगले अलिअलि मात्र काम गर्न सकेका यी वासिन्दाहरुको दैनिकीमा पछिल्लो एकवर्ष यता परिवर्तन भएको छ ।

उनीहरुको दैनिकीमा परिवर्तन ल्याईदिएको छ , वडा कार्यालय चण्डेनीको समन्वयमा जलस्रोत तथा सिंचाई विकास कार्यालय काभ्रेले । यहाँका ७० घर परिवारका करिब पाँच सय वासिन्दाका लागि ३ सय रोपनी खेत बचाउन सकिने निश्चित भएपछि माझीहरु अहिले ढुक्क मात्र भएका छैनन् , अब अरुको खेतमा ज्याला गर्न जानु नपर्नेमा खुशि पनि देखिएका छन् ।

सो कार्यालयले यहाँ ५७ मिटर लामो बाँध निर्माणका लागि आवश्यक सामान र आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । योजनाको सम्पुर्ण काम सक्न करिब १ वर्षको समय लाग्ने अनुमान गरिएको छ । ३ सय रोपनी खेत जोगाउन इन्द्रावती नदी किनारामा अहिले दैनिक काम भइरहेको छ । अब यहाँका माझीहरुको दैनिक जीवनमा ठुलो परिवर्तन हुने निश्चित भएको वडाध्यक्ष विष्णुमणि नेपालले बताउनुभयो ।

यसअघि पनि त्यहाँको बगर जोगाउन पहल भएको थियो । जल उत्पन्न प्रकोप न्युनिकरण डिभिजन कार्यालय, भक्तपुरले यहाँ करिव २ सय वटा जाली भरेर एक सय मिटर जति नदीकिनारामा बाँध बनाइदिएको भएपनि वर्षायाममा आएको वाढीले अहिले त्यो बगाइदिएको छ । तर अहिले थप काम हुने भएपछि माझीहरु ढुक्क भएको वडा नं। १० का वडाध्यक्ष नेपालले बताउनुभयो ।

सामाजिक, आर्थिक, राजनितिक र शैक्षिक रुपमा वर्षौंदेखि पुरै पछाडि रहेका यहाँको माझी समुदाय अहिले आफैं पनि दंग छ । यसरी बगर खेतलाई जोगाउन सकिएला भनेर थोरै पनि नसोचेका स्थानिय भन्छन्–‘ बगरको खेत बचाउने र बस्ती जोगाउने हाम्रो सपना पुरा हुन लाग्दा हामीलाई खुशि लागेको छ ।’ आफ्नो लागि राम्रै कामको शुरुवात गरेको चण्डेनीमण्डनका माझीहरुको सामुहिक भनाई छ –‘ अब हाम्रा दुःखका दिनहरु विस्तारै सकिदै जाने छन् ।