औषधीमा अनियमितता

0
Shares

सञ्जय कार्की, रौतहट
यहाको एक नगरपालिकाले खरिद गरेको औषधीमा अनियमितता भएको खुलेको छ । बृन्दाबन नगरपालिकाले खरिद गरेर बिश्रामपुर स्वास्थ्य चौकीमा बितरण गर्न दिएको औषधीमा अनियमितता भएको भन्दै स्वास्थ्य चौकीका प्रमुखले छानबिनको माग राख्दै स्टोरमा तालाबन्दि गरिदिएका छन ।

नगरपालिकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादबले स्वास्थ्य चौकीमा कम परिणामको औषधी लाई बढि परिणाम देखाएर स्टोर दाखिला गराउन खोजेपछि औषधीमा अनियमितता भएको रहश्य खुलेको हो । नगरपालिकाकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादबे दश लाखको औषधी भन्दै स्टोर दाखिला गर्न दबाब दिएसंगै औषधी गणना गर्दा एक लाखको मात्र औषधी रहेको पाइएपछि अनियमितताको रहश्य खुलेको हो ।

नगरपालिकाले खरिद गरेको भनिएको औषधीमा नेपाल सरकार द्धारा बितरण हुने निशुल्क औषधी समेत समाबेश गरेको पाइएको छ । निशुल्क बितरण गरिने औषधीमा आर एल, सिटामोल, डायजिन, एमोक्कसिसिलिन, मेट्रोन लगायत दश प्रकार भन्दा बढि औषधी समाबेश गरिएको खुल्न आएको छ ।

मानबसुचाकमा अति पछि परेको रौतहट जिल्लाका बिपन्न बर्गका बासिन्दाको स्वास्थ्यमा ध्यान दिनु पर्नेमा स्थानीय तहबाट नै औषधीमा अनियमितता हुनु स्थानीय जनप्रतिनिधिहरुको गैर जिम्मेबार कार्य भएको भन्दै स्थानीय आक्रोशित बनेका छन ।

बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादबले कम परिणामको औषधी ल्याएर बढि परिणामको भन्दै स्टोर दाखिला गर्न भनेपछि आफुले नमानेको बताउनु भयो । सो नगरपालिका पाँच वटा स्वास्थ्य चौकी रहेको छ । ग्रामिण क्षेत्रका यस्ता स्वास्थ्य चौकी बिपन्न बर्गका बासिन्दाको एक मात्र सहारा भएकाले यस्ता स्वास्थ्य चौकीमा हुने आर्थीक अनियमिततामा जनप्रतिनिधिहरुको समेत संलग्नता हुने गरेको आशका रहेको छ ।

नगरपालिकाका स्वास्थ्य फाँटका प्रमुखले आफुले नगरपालिकाले खरिद गरेको औषधी दाखिला गर्न मात्र खोजेको बताउनु भयो । औषधी खरिद गरेको कागजजात समेत स्वास्थ्य फाँटमा नभएको जानकारी उहाले दिनु भयो । सो स्वास्थ्य चौकीमा संचालन हुदै आएको प्रसुती सेबा समेत चार महिना देखि बन्द रहेको छ । प्रसुती सम्बन्धि एसबीए तालिम प्राप्त नर्स सो नगरपालिका अन्र्तगतका बिभिन्न स्वास्थ्य चौकीमा तीन जना कार्यरत रहेपनि प्रसुती सेबा संचालन हुदै आएको एक मात्र सो स्वास्थ्य चौकीमा नखटाइएका कारण सेबा बन्द भएको जनाइएको छ ।

समस्या हेर्दा सामान्य भएपनि सर्बसाधारणको लागि जटिल बन्न पुगेको बिश्रामपुर स्वास्थ्य चौकीको समस्या समाधान गर्न नगरपालिकाका जनप्रतिनिधिहरुले समेत बेवास्ता गरेपछि बिपन्न बर्गका बासिन्दा स्वास्थ्य सेबा बाट बन्चित हुन पुगेका छन । बृन्दाबन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थिले आफुले निरिक्षण गर्नको लागि बितरण नगर्न भनेको बताउनु भयो ।