बनेपामा ‘बालबालिकासँग मेयर’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
बुधबार बनेपा नगरपालिकामा सेवाग्रहि भन्दा बालबालिकाहरुको समुह जम्मा भयो । ११ बजे जम्मा भईसकेका बालबालिकाहरुलाई भेट्न नगर प्रमुख लक्ष्मीनरसिं बादे सभा हलमा प्रवेश गर्दै थिए । अरु सेवाग्रही नगरका समस्या लिएर कार्यालय आउँदै गर्दा नगर प्रमुख बादेल पहिलो प्राथमिकता बालबालिकालाई दिए ।

बनेपा नगरपालिकाको आयोजनामा बालबालिकाहरुलाई बालबालिका समस्याहरु नगर प्रमुख सामु राख्न सकुन भन्ने उदेश्यले ‘बालबालिकाहरुसगँ मेयर’ कार्यक्रमको आयोजना गरिएको थियो । नगर भित्र रहेका विद्यालयका बालबालिकाहरुसगँ पहिलो पटक बालबालिकाहरुका समस्या र नगरपालिकाले गर्नुपर्ने बालबालिकाहरुका हितका बारेमा कार्यक्रम राखिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरेले बताए । बालक कपिल गिरीले नगरपालिकामा थुप्रिएको फोहोरका कारण बालबालिकामा परेको असर र फोहोरको दीर्घकालिन ब्यबस्थापनका लागी नगरपालिको बनाएको योजनाका बारेमा प्रश्न गरेका थिए ।

एक पछि अर्काे गर्दै विद्यार्थीहरुले नगर प्रमुखसँग प्रश्न ओई¥याए । चैतन्य माविका अनन्त पाण्डेले सामुदायीक विद्यालय र निजी विद्यालयमा शिक्षामा किन अन्तर रहेको ? रत्न चुण्डेश्वर माविका आयुष घिमिरेले नगरपालिकाले बालबालिका र शिक्षामा कति प्रतिशत रकम छुट्टयाएको छ ? विद्यालयमा खानेपानी, शौचालय र भुकम्पबाट क्षती भएका भबन निमार्ण कहिले सम्म सम्पन्न हुन्छ ? सडक बालबालिकाहरुका लागी कस्तो योजना रहेको छ ? नगरका बालबालिकाहरुको लागी कानुन बनेको छ की छैन ? थुप्रै जिज्ञासले बालबालिकाहरु उकुसमुकस भएका थिए ।

काभ्रे बहिरा विद्यालयकी सरिता नेपालले दृष्टिबिहन, अपाङ्गहरुले एसईई परीक्षामा सहयोगी राख्न मिल्ले तर हामि बहिरा विद्यार्थीहरुले किन दोभासे राख्न नपाउने ? सांकेतिक भाषामा प्रश्न गरेकी थिईन् । बालबालिकाहरुका थुप्रै प्रश्नहरुको अंगालो विसाए पछि नगर प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा नगरपालिकाले योजनाबद्ध रुपमा बालबालिबाहरुका समग्र समस्याहरुको समाधानका लागि पहल गरिरहेको बताए ।

‘बालमैत्री नगरपालिका घोषणाका लागि पुर्वाधार तयार गर्दै कार्य भईरहेको छ’–उनले भने–‘फोहोर ब्यबस्थापनका लागी दीर्घकालीन योजना बनाई नगरपालिकाको १४ नम्वर वडामा जग्गा ब्यबस्थापन गरिसकेको र उक्त स्थानमा प्रशोधन केन्द्र राखिने छ ।’

निर्वाचनका समयमा जनतासँगँ गरेका बाचाहरु आफ्नो कार्यकालमा पुरा गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए । निर्वाचित भए पछि नगरमा विकासका कामहरु तिब्र गतिमा अगाडी बढेको उनले बताए । नगरको सिमाना सागाँबाट दायाँ बाया सर्भिस ट्रयाक निमार्ण, फोहोरको दीर्घकालिन ब्यबस्थापनका लागी जग्गा ब्यबस्थापन गरी कार्य प्रारम्भ, पक्कि मोटरबाटो निमार्ण कार्य, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा काम गरिरहेको नगर प्रमुख बादेले बताए । सामुदायीक विद्यालय र निजी बिद्यालयहरुमा गुणस्तरीय शिक्षाका लगाी नगरले गर्नुपर्ने सहयोमा कुनै कसुर बाँकी नराखीने उनले बताए ।

सबै विद्यालयमा बालमैत्री शिक्षा प्रदन गर्न, विद्यालयको भौतिक पुर्वाधार निमार्ण गर्न नगरपालिकाले सहयोग गर्ने नखगर प्रमुख बादेले बताए । कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहालले बालबाकिलाहरु भोलीका कर्णदार भएकाले उनिहरुका विकासमा नगरपालिकाले लगानी गर्न कन्जुस्याई नगरिने बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, शिक्षा अधिकृत निर्मला केसी, शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी, नगरका प्रेस सल्लाहाकार लक्ष्मण तिमल्सिना, बालक्लब संञ्जाल बनेपाकी अध्यक्ष सुस्मिता चौलागाई, शिक्षक अभिभाबक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरका ७१ वटा विद्यालयका २ सय भन्दा विद्यार्थीहरुको सहभागितामा रहेको नगर शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठीले बताए ।