बीरबहादुर बम, मुगु
पुस महिनाको पहिलो साताबाट मुगुमा भएको हिमपातबाट सडक यातायातसमेत ३ महिनादेखि अभाव भएको छ । हिमपातको सिजन सकिएपछि कर्णाली राजमार्ग सुचारु गर्न सडक डिखिजन कार्यालय जुम्ला र छाँयानाथ रारा नगरपालिकाले समेत नाग्म देखि गमगढि सम्मको ९२ कि.मि सम्मको ठाउँ ठाउँमा हिउा पहिरो गई बाटो चिप्लिएकोले र सडक भत्कििएको हिउँ जमेकोले सो पन्छाउाँन ठाउाछाउँमा डोजर प्रयोग भएको कुरा मुगु छायाँनाथ रारा नगरपालिकाका देबिसिंह रोकाया बताउँ छन् ।
कर्णाली राजमार्ग अन्तरगत उच्च िहमालि भेगको घुच्चिलेख ,जिअ भिड,सिजा भ्याली खमाले लगाएतका स्थानमा हिउँ जमेपछि सो पन्छाउँन डोजर प्रयोग गरिएको छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाही बताउा छन् । लामो समयदेखि हिमपातले सडक यातायात बन्द भई हवाई यातायात समेत प्रभावित भएको अबस्थामा मुगु र सदरमुकाम गमगढिमा समेत दैनिक उपभोग्य सामानको अभाव भएको छ ।
सामानको अभाव भुने भएपछि ब्यापारीले केही सामान समेत छिपाउँने गरेका छन् भने कहि सामानको प्रचलित मूल्य बढाएर ब्यापारीले बिक्रि गर्ने गरेका छन् । जिल्लामा उपलब्ध नहुने बाहिरी जिल्लाबाट ल्याईने सामान चामल, दाल, तेल, पेट्रोलिएम पदार्थ, ग्यास, नून, तरकारीलगाएत महत्वपूर्ण सामाग्रीको समेत अभाव भएपछि स्थानिय सरकारले समेत सडक सुचारु गर्न डोजर लगाएतका हयाभी उपकरण संचालन गर्न लागेका हुन् ।
डोजरबाट सडक यातायातको प्रयास भएपछि हिमपातले मुगुका खत्याड गाउँपालिका , छायाँनाथ रार नगरपालिका ,मुगुम कार्मारोगं गाउँपालिका ,र सोरु गाउँपालिकाका सर्वसाधारण सामान ढुवानी गर्न र आवात जावत समेत प्रवावित हुने समस्या भने सामाधान हुने मा सर्वसाधारण आसावादी भएका छन् । हिमपातले बर्षेनी सडक अबरुद्ध हुने गरेपनि त्यसको स्थायी सामाधानकोलागि भने कसैको ध्यान जान सकेको छैन् ।











प्रतिक्रिया