प्रधानमन्त्री ओली अस्पताल भर्ना

0
Shares

काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि बुधबार भर्ना गरिएको छ ।मिर्गौला रोगबाट पीडित प्रधानमन्त्रीको चेकजाँचका लागि कम्तिमा २४ घन्टा अस्पतालमा राख्नुपर्ने हुन्छ । ओली सचिवालयका अनुसार यो नियमित चेकजाँच हो ।

थाइल्यान्डमा नियमित चेकजाँचका लागि जानुपर्ने भए पनि समय अभावका कारण त्रिवि शिक्षण अस्पतालमै गराउनु परेको बताइएको छ ।
ओलीको रगतका नमूना संकलन गरिएको छ भने अन्य चेकजाँच पनि भइरहेको बताइएको छ ।