‘सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै नक्कली प्रहरी बन्ने समातिए

0
Shares

काठमाडौं, सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै नक्कल सशस्त्र प्रहरी बनेर ठगी गर्ने कोपिला बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ स्थायी घर भएकी २७ वर्षीया कोपिलाले चार युवतीहरुबाट २ लाख ४१ हजार ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

‘सशस्त्र प्रहरीको असई हुँ, शसस्त्रमा जागिर लगाईदिन्छु’ भन्दै मञ्जु बुढाथोकीको नाममा बालाजुमा बस्दै आएकी बोहराले दैलेखकी राधा शाहिसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, बिमला खड्कासँग १५ हजार र जुना कुमारी खड्कासँग १९ हजार ठगी गरेको बताईएको छ । प्रहरीले बोहरालाई आइतबार बालाजुस्थित लोकतान्त्रिक चोकबाट नियन्त्रणमा लिएको हो ।

पीडितहरुलाई विश्वास दिलाउनका लागी बोहराले सशस्त्र प्रहरीको युनिफ.र्म लगाएको फोटो समेत देखाएर विश्वास दिलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।