गच्छादारको आरोपः कम्युनिष्ट सरकारले जनतालाई लोकतन्त्रको आभाष हुन दिएन

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
नेपाल प्रेस युनियन कञ्चनपुर महेन्द्रनगरको होटेल ओपेरामा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उप सभापति विजयकुमार गच्छदारले कम्युनिष्ट सरकारले जनतालाई लोकतन्त्रको आभाष हुन नदिएको आरोप लगाएका छन् ।

अवसरवादी भन्ने प्रश्नको जवाफमा नेता गच्छदारले आफुले उप–सभापति पाउनका लागि पार्टी नभएर लोकतान्त्रीक सबै पार्टीहरुलाई एकताबद्द गरेर नेपाली कांग्रेस र नेपाललाई बलियो बनाउन कदम चालेको बताए ।

लोकतन्त्रका लागि स्थापना भएको पार्टी नेपाली कांग्रेस मात्रै भएको उनले बताए । नेपाली कांग्रेसको नेतृत्वमा देशका सम्पुर्ण परिवर्तनहरु भएको उनको दाबी छ । ००७ सालको क्रान्ती, ०४६ को जनआन्दोलन र ०६२÷६२ को जनआन्दोलनको नेतृत्व समेत कांग्रेसले नै गरेको गच्छदारले प्रष्ट पारे ।

टिकापुर हत्याकाण्डका बिषयमा नेपाली कांग्रेस पछाडी हटेको हो कि, भन्ने पत्रकारको जिज्ञाशामा बोल्दै उप–सभापति गच्छदारले नेपाली कांग्रेस गतललाई काखी च्यापेर कहिले पनि अगाडि नबढ्ने बताए ।
नौं÷दश बर्ष पछि पार्टी एकताको शुत्रमा आउँदा आफुलाई पुनः लोकतन्त्रको बाटोमा उभिएको फेरि आभास भएको उनको कथन छ । अहिलेको दुई तिहाईको कम्युनिष्ट सरकारले जनतालाई लोकतन्त्रको आभाष हुन नदिएको नेता गच्छदारको आरोप छ ।

प्रेस युनियनको आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पुर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद, मिन विश्वकर्मा, डा. डिला संग्रौला, रमेश लेखक, बहादुर सिंह थापा, कञ्चनपरु पार्टी सभापति हरिप्रसाद बोहरा, पार्टी सचिव इश्वरी प्रसाद जोशी लगायतका नेता तथा कार्यक्रताको उपस्थिती रहेको थियो ।