मदनकृष्णको छोरा हुँ म, यमन मेरो नाउँ

0
Shares

हास्य कलाकार एवं गायक यमन श्रेष्ठले अटोबायोग्राफिकल गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा यमनकै स्वर र शब्द रहेको छ।
नातिकाजीको संगीत तथा तारादेवीको स्वरको सदाबहार गीत हिमालको काखमा छ सानो मेरो गाउँ बोलको गीतमा आप्mनो अटोबायोग्राफीयुक्त शब्द समावेश गर्दै यमनले गीत तयार पारेका हुन्।

‘हाम्रो हरिवंश (आचार्य) अंकलले चिना हराएको मान्छे अटाबायोेग्राफी निकाल्नुभयो। मेरो ड्याडी (मदनकृष्ण श्रेष्ठ)ले महको म अटोबायोग्राफी निकाल्नुभयो। मैले अटोबायोग्राफी निकाल्न म बिचरा सानै छु, बच्चै छुु’, गीतको म्युजिक भिडियोमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठपुत्र यमनले शुरूमै भनेका छन्– ‘उमेर भइसक्या छैन। त्यही भएर अटोबायोग्राफीसँग निकालेको छु, सुन्नुस् है।’

आप्mनै आधिकारिक युट्युब च्यानल यमन श्रेष्ठमा अपलोड गरिएको भिडियोमा यमले गाएका छन्:
हिमालको काखमा छ सानो मेरो गाउँ
मदनकृष्णको छोरा हुँ म यमन मेरो नाउँ।
जन्मेको म काठमडौंको वीर अस्पतालमा
२९ फागुन २०३१ सालमा।
आप्mनो मुख्य जीवनी झल्किने गीतमा उनले अगाडि गाएका छन् ः
छोराको नाउँ के राखँँ भनी बालाई दोमन भो
यशोदा–मदन मिलाएर मेरो नाम यमन भो।
न्वारनको नाउँ सुन्दा लाग्छ आपैm को को
पण्डित बाले राख्द्या नामचाहिँ दुर्गाकृष्ण हो।
बालाजुको वनस्थली स्कुल पढ्या म
स्कुल भागी भागी पनि कक्षा चढ्या म।
प्यारोडी र हास्य शैलीका शब्द संयोजनसाथ उनले तयार पारेका गीतमा गाएका छन् ः
कति साथी डाक्टर भए कति इन्जिनियर
बाल्यकालका सबै साथी सधैं माई डियर।
गगन थापा तीं पढेर देशको मन्त्री भो
भवन भट्ट जापान गई खरबपति भो।
अमेरिका बसाइ र नेपालको मायालाई समेत समेट्दै यमन गीतमा भन्छन् ः
१३ वर्ष अम्रिकामा त्यसै अड्कें म
बा–आमाको सम्झनाले नेपाल फर्कें म।
जाँ बसे पनि तरकारी त्यै हो आलु काउली बन्दा
आप्mनै देशमा बस्दा ढुक्क अरू देशमा भन्दा।
भुँडीमा बोसो लाग्यो अब पिजा बर्गर खान्न
डोनाल्ड ट्रम्पले बोलाए नि म अम्रिका जान्नँ, बस्ने गरी जान्नँ।
हिमालको काखमा छ सानो मेरो गाउँ
मदनकृष्णको छेरा हुँ म, यमन मेरो नाउँ।