एलए फाइनलमा


काठमाडौं, (नेस)
डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुल नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलमा एलएले आयोजक लोयल्टी ‘बी’ लाई २–० गोलले पराजित ग¥यो । एलएका प्रसुन तुलाधर र प्रज्ज्वल भट्टले गोल गरे । लोयल्टीका छिरिङ शेर्पा ‘म्यान अफ द म्याच’ घोषित भए । चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेक्ससले आयोजक लोयल्टी ‘ए’ लाई ६–१ गोलले हरायो ।

नेक्ससका मनीष बरिया एक्लैले ५ गोल गरे भने सक्षम भट्टराईले १ गोल थपे । लोयल्टीका शिभम् अधिकारीले सान्त्वना गोल गरे । अर्को सेमिफाइनलमा नेक्ससको भेट सिद्धार्थ बनस्थलीसंग हुनेछ ।