टिकापुर घटनाको फैसला आज

0
Shares

काठमाडौँ । टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस मंगलवार सकिएको छ ।

एक हप्ता लामो मंगलबार सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज फैसला सुनाउने भएको छ ।

जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गर्नुभएको थियो ।

प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गर्नु भएको थियो । यो घटनका प्रमुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत हुनुभएको थियो ।

थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।