राजस्व छली गर्ने २४ फर्मविरुद्ध मुद्दा दायर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
राजस्व अनुसन्धान विभागले नक्कली बिल बिजक जारी गरी राजस्व छली गरेको आरोपमा २४ वटा फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मुख्य व्यक्ति जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गरी १ अर्ब ७५ करोड बिगो कायम गर्दै गत आइतबार काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली मँल्य अभिवृद्धि कर बिजकबाट ठँलो परिमाणमा कर छली भई रहेको भन्ने सँचनाका आधारमा विभागले अनुसन्धान शुरु गरेको थियो । लामो अनुसन्धानपछि निम्नस्तरका मजदँरहरुलाई आर्थिक प्रलोभनमा पारी तिनीहरुको नाममा फर्म कम्पनी दर्ता गराई नक्कली बिलको कारोबार गरेको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभयो ।

मँल्य अभिवृद्धि करको नक्कली कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको सम्बन्धमा विभागले परमेश्वर साहलाई गत माघ ३ गते र जय किशोर साहलाई गत माघ ४ गते नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । विभागले राजस्व चुहावट ऐन बमोजिम अरोपित फर्मलाई बिगो वापतको रकम असुल गरी दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग गरेको छ ।
साथै विभागले अवैध रुपमा सुनचाँदी खरिद गरी राजस्व चुहावट गरेको कसुरमा ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । महानिर्देशक मैनालीका अनुसार विभागले दिपेशकुमार यादवसहितलाई १ करोड ४२ लाख विगो माग दाबी सहित गत आइतबार नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

विभागले सिद्धि अर्नामेन्टका हनुमन्त शंकर चौहान, रोहित पेटल, दिपेशकुमार यादव, राजन कुमार गुप्ता र मनोहरविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुको नाममा विभागले २१ लाख ८७ हजार विगो कायम गरेको छ ।
त्यस्तै, माँ दुर्गा ज्वलेरीका दिनेश प्रसाद साहका नाममा ६० लाख ६४ हजार बिगो दाबी गरेको छ । ओम ज्वेलर्सका रामबाबु साह र अनिलकुमार साहको नाममा ५९ लाख ९३ हजार बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको छ । विभागले विगोको दुई गुणा जरिवाना र ३ वर्ष कैदको माग गरेको छ ।

विभागले विदेशी विनिमय अपचलन तथा हुन्डी कारोबारीको आरोपमा गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बुविरुद्ध पनि मुद्दा दायर गरेको छ । विभागले गत आइतबार ३ करोड ६६ लाख रुपियाँ बिगो कायम गरी काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार रिलयान्स सब रेमिटका सञ्चालक गोविन्द सुब्बाले इन्द्रनारायण लिम्बु समेतको साझेदारीमा रिलायन्स सब रेमिट दर्ता गरी मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालकै एक ठाउँबाट अर्को ठाउँमा पठाएको कारोबार देखाई विदेशी विनिमय अपचलन गर्ने गरेको बताएको छ ।

विभागले विदेशी विनिमय ऐन २०१९ बमोजिम सुब्बा र लिम्बुलाई बिगो रकमको ३ गुणासम्म सजायको र ३ वर्षसम्म कैद सजाय समेत माग गरेको छ ।