राष्ट्रपति भण्डारी आइतबार अमेरिका जाँदै

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आइतबार अमेरिका भ्रमणमा जाने तयारीमा जुट्नुभएको छ । संयुक्त राष्ट्रसंघको महिला सशक्तिकरण सम्बन्धी कार्यक्रममा सहभागी हुन उहाँ न्युयोर्क जाँदै हुुनुहुन्छ ।

राष्ट्रपति भण्डारी ‘कमिसन अन द स्टेट्स अफ उमन’ (सीएसडब्लु) को ६३औं संस्करणमा अतिथिका रुपमा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । भण्डारीले आगामी साता मंगलबार ६३ संस्करणको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो– ‘महिलाले कसरी समाज परिवर्तनमा योगदान पु¥याउँछन् भन्ने शीर्षकमा सम्बोधन गर्दै हुनुहुन्छ ।’

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा महिला बालबालिका र जेष्ठ नागरिक मन्त्री थममाया थापा, परराष्ट्र सचिव शंकरदाश बैरागी लगायतका अधिकारी सहभागी रहने बताइएको छ । सन् १९४६मा स्थापना भएको राष्ट्र संघिय यो निकायमा अहिले विभिन्न ४५ मुलुक सदस्य छन् ।