तनहुँमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

0
Shares

नेपाल समाचारपत्र, तनहुँ ।

पृथ्वी राजमार्गको घाँसीकुवास्थित जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको भने ३ जना घाइते छन् । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जिप टायर पड्कीएर दुर्घटना भएको हो ।

दुर्घटनामा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जिपका चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीमगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनीहरुलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

द्रुत गतिमा रहेको जिपको अगाडिको टायर पड्कीएपछि असन्तुलित भइ सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अरु तीनजनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।