दोहोरी र मनोरञ्जनात्मक प्रस्तुतिसँगै रेन्बोले मनायो रजत वर्ष

0
Shares

राजधानीको डल्लुमा अवस्थित रेन्बो इन्टरनेसनल बोर्डिङ माविले स्थापनाको २५ वर्ष पँरा गरेको अवसरमा विभिन्न सांस्कृतिक र मनोरञ्जक प्रस्तुतिका साथ रजत महोत्सव मनााएको छ।

प्रमुख अतिथि पँर्वप्रधानमन्त्री झलनाथ खनालले रेन्बो रजत महोत्सव अंकित झण्डा आकाशमा उडाउँदै शुभारम्भ गरेको कार्यक्रममा राष्ट्रियस्तरका लोक दोहोरी कलाकारहरूले लोक दोहोरी प्रस्तुत गरेका थिए। सँर्यमणि आचार्य, सुरेश ढकालजस्ता लोक दोहोरी कलाकारको प्रस्तुतिबाट रौसिएका कार्यक्रमका सहभागीहरू विद्यालयका विद्यार्थीको विभिन्न कला प्रस्तुतिबाट पनि रमाएका थिए।

सोही अवसरमा प्रमुख अतिथि खनालले रेन्बो रजत स्मारिकाको विमोचनसमेत गरेका थिए। नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्मा तथा पँर्वमन्त्री नवीन्द्रराज जोशीको विशेष आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामहरि ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा बालमुकुन्द रेग्मी, प्रा. नेत्र धिताल, प्रा. राजभाइ कर्मचार्य, मधुसँधन श्रेष्ठ, ईश्वरमान डंगोल, कृष्ण सुवेदी, प्रा. रत्नलाल प्रधानलगायतको आतिथ्यता रहेको थियो।

विद्यालयका पूर्वप्राचार्य तथा प्रबन्धनिर्देक डा. विष्णु खनालले रेन्बोको २५ वर्षको सफलतामा अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यको परिणाम भएको चर्चा गर्दै राज्यले शिक्षा नीतिमा परिमार्जन गर्दै युवा शक्ति विदेश पलायन हुनबाट रोकी देशमा नै रोजगारी र सेवामा समर्पित हुने अवस्था सिर्जना गर्नुपर्ने बताए। केदारप्रसाद सिम्खडाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्राचार्य विनोदबाबु ढकालले विद्यालयको प्रतिवेदन पेस गरेका थिए भने शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार तथा पदक प्रदान गरिएको थियो। त्यसै गरी २०७४ को एसईई परीक्षामा ४ जीपीए ल्याउन सफल छात्रा सिरपा महजर्नलाई सम्मानपत्र र नगदसहित पुरस्कृत गरिएको थियो।