पुराना फिल्म बचाउन कार्यशाला

0
Shares

चलचित्र विकास बोर्डको पहलमा आज मंगलबार फिल्म संरक्षणसम्बन्धी कार्यशाला हुने भएको छ। बोर्डमा आयोजित पत्रकार सम्मेलनमा फेयफका तालिम संयोजक बेलायत निवासी डेभिड वल्स र भारतका शिवेन्द्र सिंह डुंगरपुरले एक दिने कार्यशाला सञ्चालन गर्ने जानकारी गराइयो। दुवै जना कार्यशालाकै लागि आइतबार नेपाल आइपुगेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै शिवेन्द्रले एनालग प्रविधिसँगै डिजिटल युगमा पनि फिल्मको संरक्षणको रणनीति उत्तिकै महŒवपँर्ण रहेको बताए। ‘फिल्म संरक्षण गर्ने कुरा गर्दा धेरैले एनालग प्रविधिमा खिचिएका फिल्मलाई डिजिटाइज गर्ने भन्ने मात्र बुझिन्छ। तर, डिजिटल फम्र्याटमा खिचिएका फिल्मलाई पनि उत्तिकै जतन गर्नु जरुरी छ। कार्यशाला फिल्मकर्मीसँगै टेलिभिजन स्टेसनका लागि पनि लाभदायी हुन्छ।’ –उनले भने।

उनले नेपालका धेरै फिल्म आफँले मुम्बईका स्टुडियोमा अलपत्र अवस्थामा देखेको स्मरण गर्दै नेपालले आप्mना फिल्म संरक्षण गर्ने कार्यमा ढिलाइ नगर्न सुझाए। त्यसैगरी अन्तर्राष्ट्रिय फिल्म अर्काइभ संघका सदस्य तथा ट्रेनर डेभिड वेल्सले फिल्मले समय र संस्कृति पनि जीवित राख्ने भएकाले इतिहासका लागि पनि धेरै फिल्महरू जीवित राख्नुपर्ने बताए। ‘हामी धेरैजसोले भविष्य सोचेर काम गरिरहेका हुँदैनौं। तर, आज गरेको काम भोलिको पुस्ताका लागि पनि जीवित रहनुपर्छ। फिल्म, डकुमेन्ट्री वा अन्तर्वार्ता नै किन नहोस्, तिनको महŒव हुन्छ र तिनलाई संरक्षण गर्ने विशेष विधि छ’, उनको भनाइ थियो– ‘एक दिनमा सबै कुरा त सिकाउन सकिन्न तर हामी धेरैभन्दा धेरै फिल्मकर्मीलाई यस बारेमा सचेत गराउन चाहान्छौं।’

चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले बोर्डले पहिलो छिमलका १२ फिल्मलाई डिजिटाइज गर्ने प्रक्रिया शुरू भएको जनाउँदै यसरी संरक्षण गरिएका फिल्मलाई विशेष प्रदर्शन गर्ने योजना रहेको बताए। त्यसैगरी बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईंले कार्यशाला बोर्डको लामो समयपछिको प्रयत्नले सम्भव भएको जनाउँदै नेपाली फिल्ममेकरलाई धेरैभन्दा धेरै लाभ लिन आग्रह गरे। चाबहिलस्थित बोर्डकै प्रिभ्यु थिएटरमा १० बजेदेखि शुरू हुने कार्यशाला बेलुकी ४ बजेसम्म चल्नेछ।