हलिउड स्टार जोनी डीपले आफ्नी पँर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डमाथि ५ करोड डलरको मानहानी मुद्दा दायर गरेका छन्।
एम्बरले सन् २०१८ मा एक अन्तर्वार्तामा जोनीले आफँलाई पिट्ने गरेको बयान दिएकी थिइन्।
जोनी डीपले भने आफँले कहिल्यै पनि पत्नीमाथि घरेलु हिंसा नगरेको र एम्बरले लोकप्रियता हासिल गर्न आफँमाथि आरोप लगाएको कारण मानहानीको मुद्दा दायर गरेको बताएका छन्। अदालतले सन् २०१६ मा उनलाई पत्नीबाट टाढा रहन आदेश दिएको थियो। आफँ जोनीसँग सम्बन्धमा रहेका बेला मदिरा तथा लागँऔषध सेवन गरी गाली गलौज एवं मारपिट गर्ने गरेकाले आफँ उनीसँग बस्न नसकेको हर्डले बताएकी छिन्।
सन् २०११ मा द रम डायरीको सेटमा जोनीले हर्डलाई पहिलो पटक भेटेका थिए। उक्त समयमा उनी एक विवाहित फ्रेन्च अभिनेत्रीसँगको सम्बन्धमा थिए। सन् २०१५ मा धुमधामसँग विवाह बन्धनमा बाँधिएका उनीहरूको दुई वर्षमै सम्बन्ध विच्छेद भएको थियो।











प्रतिक्रिया