अर्थ मन्त्रालयद्वारा १० वटा समिति गठन

0
Shares

काठमाडौं, (नेस)
अर्थ मन्त्रालयले करसम्बन्धी कानुनमा गर्नुपर्ने सुधार, विगतका करको दरमा गर्नुपर्ने सुधार, संशोधन र पुनरावलोकन, करको दायरा विस्तारका गर्नको लागि सरोकारवाला निकायसहितको १० वटा विषयगत उपसमिति गठन गरेको छ ।

अर्थ मन्त्रालयमा बसेको राजस्व परामर्श समितिको बैठकमा सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायका प्रतिनिधि रहने गरी १० वटा विषयगत उपसमिति गठन भएको थियो ।

समिति गठन भई तिनको कार्य विवरण र भावी दिशा समेत निर्धाण भएको छ । सातैवटा प्रदेशका राजधानीमा पनि अन्तक्र्रिया तथा छलफल कार्यक्रम गर्ने निर्णयसमेत बैठकमा गरेको छ ।

बैठकमा समितिका संयोजक राजस्व सचिव लालशंकर घिमिरेले उपसमितिले प्रतिवेदन पेश गर्दा सुझावलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन ढाँचामा प्रस्तुत गर्न र सुझाव कार्यान्वयनको खाका समेत सिफरिस गर्न निर्देशनसमेत दिनु भएको छ ।