राहत अस्थायी शिक्षकको माइतिघर मण्डलामा विरोध प्रदर्शन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
राहत अस्थायी शिक्षकहरुले काठमाडौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनी प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन नसक्दा लाठी चार्ज समेत गरेको छ ।

सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै उनिहरुले लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आइरहेको छन् ।

सरकारले केहि समय अगाडि सामुदायिक विद्यालयमा अनुदान कोटामा कार्यरत राहत शिक्षकको सङ्ख्या यकिन गर्न जिल्ला शिक्षा कार्यालयसँग विवरण माग गरेको थियो ।

करिब ४० हजारको सङ्ख्यामा रहेका ती राहत शिक्षक के कति छन् भन्ने स्पष्ट नहुँदा शिक्षा मन्त्रालयले शिक्षक दरबन्दी थपका लागि प्रस्ताव बनाउन सकेको छैन भने अर्थ मन्त्रालयले पनि शिक्षक तलब खर्च विवरण स्पष्ट पार्न शिक्षा निकायलाई भन्दैै आएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो ।

तर, सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । त्यतिबेला सट्टा शिक्षकहरुले विद्यालयमा पढाइरहेका थिए । कतिपय विद्यालयमा स्रोत व्यक्तिहरु काजमा नफर्किएकाले सट्टा शिक्षकहरुले नै पढाइरहेका छन् । तर, उनीहरुले पाउने तलबको टुंगो छैन ।