पर्यटन प्रर्वद्धनका लागि गुरिल्ला पदमार्गको विकास हुँदै

0
Shares

धनवीर दाहाल, रुकुम ।
तत्कालिन माओबादीको आधार इलाका मानिएको रुकुमका केही महत्वपुर्ण ठाँउहरु गुरिल्ला पदमार्गको रुपमा विकास गरिने भएको छ ।

रुकुम पुर्वको भुमे गाँउपालिकाका महत, चुनबांग, मोराबांग लगाएतका ठाँउलाई गुरिल्ला पदमार्गको रुपमा विकास गरिने गाँउपालिकाले जनाएको छ । भुमे गाँउपालिकाको त्रिबेणीबाटै तत्कालिन माओबादी छापामारहरु हिडेकोले सो ठाँउलाई गुरिल्ला पदमार्गको रुपमा विकास गर्न बजेटको व्यवस्था गरिएको भुमे गाँउपालिकाका अध्यक्ष रामसुर बुढाले बताउनुभयो ।

हाल भुमे गाँउपालिकामा बिगतको शसस्त्र युद्धको बेला ज्यान गुमाएका परिवारको नाम र उनीहरुको पारिवारिक पृष्ठभुमी सहितका प्रतिक्षालय तयार गरिएको छ । भुमे गाँउपालिकाको त्रिबेणीमा तयार गरिएको प्रतिक्षालयमा शसस्त्र युद्धको बेला ज्यान गुमाएकाहरुको नाम र पारिपारिक पृष्ठभुमि राखिएको छ ।

पर्यटन प्रर्बद्धनका लागी पनि गाँउपालिकाले युद्धको समयमा भएका ऐतिहासिक दस्ताबेजहरु तयार गरेको छ । साबिकका महत, कांक्री,कांडा,मोराबांग गाबिस हाल भुमे गाँउपालिका भित्र पर्दछन् । तत्कालिन शसस्त्र युद्धको बेला ति क्षेत्रहरु माओबादी छापामारका लागी तालिम केन्द्रको रुपमा लिइन्थ्यो ।