रंगशाला निर्माणका लागि ४७ करोड बजेट

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रंगशाला निर्माणको लागी ४७ करोड वजेट विनियोजन गरिएको छ । चौरजहारीमा सुरुभएको दोस्रो मेयर कप विविध खेलकुद प्रतियोगिता २०७५ को उदघाटन समारोहमा वोल्दै नगरप्रमुख बिशाल शर्माले यस्तो जानकारी दिनुभएको हो । कर्णाली प्रदेशको सुन्दर नगरी चौरजहारीमा रंगशाला निर्माणको लागी संघिय सरकार वाट रु ४५ करोड र प्रदेश सरकार वाट रु २ करोड गरी कुल ४७ करोड रकम विनियोजन भएको जानकारी नगरप्रमुख शर्माले दिनुभयो ।

व्यवस्थित रंगशाला निर्माणको लागी म्यापिगं र डिजाईनिगंको काम भैरहेको वताउदै नगरप्रमुख शर्माले आर्थिक वर्ष २०७६÷ ०७७ मा टेण्डर आह्वान गरी रंगशाला निर्माणको कामलाई तिव्रता दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो । खेलक्षेत्रले खेलाडीहरुमा विकास,अनुशाशन र गतिशिलाका साथै राष्ट्रको नाम विश्वसाम ुचिनाउन महत्वपुर्ण भुमिका खेलेको स्मरण गर्दै स्थानिय सरकारले त्यसको लागी करिव १० लाख वरावरको रकम लगानी गरी खेलकुद प्रतियोगीता आयोजना गरेको वताउनुभयो । नगरपालिकाको वडा नम्वर २ सेवाकेन्द्र स्थित रंगशालामा महिला तथा पुरुष भलिव, फुटवल, व्याटमिन्टन, वुद्धिचाल हाईजम्प लंगजम्प, ट्रिपल जम्प लामो र छोटो दौड प्रतियोगीता संचालन हुने छन ।

रु ५ हजार दर्ता शुल्क रहेको पुरुष भलिवलमा प्रथम दितिय र सान्त्वना हुने समुहले क्रमस रु ६५ हजार ४७ हजार र २० हजार सहित कप मेडल र प्रमाण पत्र पाउने छन । महिला भलिवल तर्फ रु २ हजार ५ सय दर्ता शुल्क रहेकोमा पुरुस्कार राशी क्रमस प्रथम दितिय र तृतीय हुने समुहले ३४ हजार २० हजार १४ हजार सहित कप मेडल र प्रमाण पत्र पाउने छन । दर्ता शुल्क रु ५ हजार रहेको फुटवल प्रतियोगीतामा विजयी समुहले क्रमस ६५ हजार ४७ हजार र २० हजार सहित कप मेडल र प्रमाण पत्र पाउने छन ।

व्याटमिन्टन प्रतियोगीतामा दर्ता शुल्क रु १५ सय रहेकोमा पुरुस्कार राशी रु २० हजार १४ हजार र ८ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरीने खेलकुद प्रतियोगीताका संयोजक पवन शाहीले जानकारी दिनुभयो । थप खेलकुद प्रतियोगीता र पुरुस्कार राशी यस्तो हरेको छ ।

उदघाटन समारोहमा वोल्दै जिल्ला समन्वय समितीका प्रमुख राजकुमार शर्माले खेल क्षेत्रको विकासको लागी आफुहरु लागी परेको वताउनुभयो । खेलकुदको माध्याम वाट राष्ट्रलाई चिनाउनको लागी नेपाली खेलाडीहरुको भुमिका उल्लेखनिय रहेको भन्दै प्रमुख शर्माले यो सरकारले खेलकुद क्षेत्रको विकास भौतिक पुर्वाधार निर्माणको लागी संघ र प्रदेश सरकार संग आवाज उठाईरहेको जानकारी दिनुभयो ।