काठमाडौ (नेस) । दन्त चिकित्साको क्षेत्रमा देखा परेको अविश्वसनीय प्रतिस्पर्धालाई व्यवस्थित र मर्यादिन बनाउनका लागि नेपाल डेन्टल एशोशियसन एक दिने सम्मेलन काठमाडौमा सम्पन्न गरेको छ ।
स्वास्थ्य कर्मी तथा चिकित्सकको क्षमता विकासको लागि निरन्तर रुपमा अनुगमन, तालिम, मूल्यांकन गर्दै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कसरी समन्वय गरेर अघि बढ्ने र दन्त सेवा गाउँ गाउँ सम्म कसरी व्यवस्थित रुपमा पुर्याउने भन्ने बारेमा गम्भिर छलफल भएको नेपाल डेन्टल एशोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारीले बताउनुभयो ।
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले सरकारी तथा नीजि क्षेत्रका दन्त क्लिनिक तथा अस्पतालहरुसँग सरकार समन्वय गरि अघि बढ्ने योजनामा रहेको बताउनुभयो । उहाँले यतिबेला हरेक क्षेत्रमा अन्योलको अवस्था भएको र सरकारले सबै निकायसँग समन्वय गरेर अघि बढ्न चाहेको बताउनुभयो ।
सम्मेलनमा २ सय भन्दा बढी चिकित्सकको सहभागिता रहेको थियो । शनिवार साँझ ८ बजे सम्म जारी सम्मेलनमा नन् डेन्टल र भर्खर पढ्दै गरेका विद्यार्थीले सेतो कोट लगाएर गर्ने बिरामीको परिक्षण खतरा भएको बताए । यसका लागि बिरामी र चिकित्सक दुबै पक्षलाई सरकारले जनचेतना जगाउने बिषयमा जोड दिनुपर्ने माग अघि सारियो ।











प्रतिक्रिया