बुटवलमा दोहोरी प्रतियोगिता

0
Shares

बुटवल, (नेस)। पाँचौं राष्ट्रिय खुला रनिङ शिल्ड दोहोरी प्रतियोगिता तथा सँंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रूपन्देही शाखाको सहआयोजनामा राजधानीबाहिर पहिलोपटक उक्त प्रतियोगिता बुटवलमा हुन लागेको हो।

प्रतिष्ठानले बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। प्रतियोगिताका लागि अहिलेसम्म ४८ समँहले नाम दर्ता गरेका छन्। महोत्सवमा १ सय २० स्टलसमेत रहनेछन्। प्रतियोगितामा पुरुष÷पुरुष वा महिला÷महिलाले पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ। एक हप्तासम्म सञ्चालन हुने कार्यक्रमका लागि ४९ लाख खर्च हुने र आम्दानी ५० लाखको हाराहारीमा हुने अनुमान गरिएको अध्यक्ष गरौजाले बताए।

कार्यक्रममा राष्ट्रिस्तरमै ख्याति कमाएका कलाकारका साथै स्थानीयस्तरका लोकदोहोरी कलाकारको जमघट हुने प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले जानकारी गराए। प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार र उत्कृष्ट गायक र गायिकालाई जनही १५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ।